५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आफ्नै कदमबाट पछि हटेपछि रजनीकान्तको भनाइ, ‘भगवानले चेतावनी दिए’


0
Shares

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपरस्टार नायक रजनीकान्त आफैँले लिएको निर्णयबाट पछि हट्नुभएको छ ।

केही दिन अघि मात्र नयाँ पार्टी घोषणा गर्ने निर्णय गर्नुभएका सुपरस्टार रजनीकान्तले अब भने आफू उक्त निर्णयबाट पछि हटेको बताउनुभएको हो ।

रजनीकान्तले डिसेम्बर ३१ मा नयाँ पार्टीको घोषणा गर्ने बताउनुभएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले यो निर्णय गर्नुभएको हो ।

बिरामी हुँदा धेरै कुरा सिकेको बताउँदै उहाँले पार्टी नबनाए पनि जनताको लागि राम्रो काम भने गर्ने अठोट लिनुभएको छ । उहाँले आफूलाई भगवानले चेतावनी दिँदै पार्टी नखोल्न भनेको समेत बताउनुभएको छ ।

तामिलनाडुमा हुने विधान सभा निर्वाचनमा लड्ने तयारी गर्नुभएका उहाँ मुख्यमन्त्री पदको उम्मेद्वार बन्ने समेत तय भइसकेको थियो ।

फिल्मको सुटिङका क्रममा केही दिन अघि उच्च रक्तचाप भएपछि उहाँलाई हैदराबादको अपोलो अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य भएको छ ।