१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनचाँदीको मूल्य बढ्यो


0
Shares

काठमाडौं । कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ । बुधबार सुन तोलामा १ सय रुपैयाँ बढ्दा चाँदी ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँ वृद्धि भइ ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य ५ रुपैयाँ बढ्दा प्रतितोला १ हजार ३ सय ५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाल सुन ९४ हजार १ सय रुपैयाँ, तेजाबी सुन ९३ हजार ६ सय रुपैयाँ र चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।