
सुर्खेत । लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने शान्ति सिंह र उनकी सासु कौशिला सिंह छन् ।
उनीहरुको साथबाट १४ दशमलब ९७० ग्राम लागुऔषध ब्राउन सुगर र २१ हजार ५ सय नगद बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि म्याद थप गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्