१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेशको १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा


0
Shares

काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । जितसँगै प्रदेश १ समुह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १६ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाउँदै ५३ रन बनायो । जसमा कविता जोशीले सर्वाधिक १४ रन बनाइन् । खराब सुरुवात गरेको सुदूरपश्चिमले ४ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने २० रन जोड्दा ७ विकेट खेर फालेको थियो ।

प्रदेश १ का लागि संगीता राईले तीन तथा सबनम राईले दुई विकेट लिइन् । जवाफमा प्रदेश १ ले १५ ओभर १ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् ।