४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


दाहाल पत्नी सीता अस्पताल भर्ना


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।

अस्वस्थ भएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले सीताको तस्वीर सेयर गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

लामो समयदेखि पार्किन्सन जस्तै जटिल समस्याकाे बिरामी उनलाई केही समय अघि अमेरिका लगेर उपचार गरिएको थियो ।

२०७४ सालमा छोरा प्रकाशको मृत्युपछि उनको समस्या बल्झिएको हो । त्यसअघि पनि अस्वस्थ रहँदै आउनुभएकी सीता छोराको मृत्यु पछि भने पूर्ण रूपमा अस्वस्थ हुनुभएको थियो ।