१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसियाली विकास बैंकसँग १८ अर्ब २५ करोड रुपैयाँको ऋण लिने सम्झाैता


0
Shares

काठमाडौं । एसियाली विकास बैंकले नेपालको विद्युत ग्रीड आधुनिकीकरणका लागि १८ अर्ब २५ करोड रुपैयाँको ऋण दिने भएको छ । बुधबार एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्ने सम्बन्धी सम्झौता भएको हो ।

अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार एसियाली विकास बैंकले १८ अर्ब २५ करोडको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ ।

अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । ५ वर्षमा सम्पन्न हुने आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ ।