‘आइई’को प्रस्ताव स्वीकृतिको अधिकार प्रदेश सरकारलाई दिन आग्रह

news

पोखरा, साउन २८ । गन्डकी प्रदेशले प्रारम्भिक वातावरणीय परीक्षण (आइई)को प्रस्ताव स्वीकृतिको अधिकार प्रदेश सरकारलाई दिन संघीय सरकारसँग आग्रह गरेको छ ।

मंगलबार पोखरामा प्रदेश मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफूहरुको प्रस्ताव केन्द्रीय सरकारले स्वीकृति नदिए प्रदेशका ३० ओटा योजनाहरु प्रभावित हुने धारणा राखे ।

त्यस्तै, बैठकले यातायात व्यवस्थासम्बन्धी सफ्टवेयर स्मार्ट लाइसेन्स प्रिन्टर र व्यवस्थापन प्रणाली प्रदेश सरकारलाई हस्तान्तरणका लागि नेपाल सरकारसँग अनुरोध पनि गरेको छ ।

गन्डकी प्रदेश सरकार र चीनको छिन्धाई प्रान्तबीच भगिनीसम्बन्ध स्थापना गर्न स्वीकृतिका लागि पनि संघीय सरकारलाई आग्रह गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...