धादिङमा जिप दुर्घटना, १३ जना घाइते

news

धादिङ, साउन २८ । धादिङको ज्वालामुखी गाउँपालिकाको अमराइमा एक बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको मैदी जाँदै गरेको बा१३च ५२३९ नम्बरको बोलेरो मंगलबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

अरु घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।

स्थानीयले बोलेरो गाडी एक्कासि ‘ब्रेकफेल’ भइ दुर्घटनामा परेको बताएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...