
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ ।
अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको मुख्यकमन्त्री पौडेलले बताउनुभयो ।
बिहीबार शिलान्यास गर्दै उहाँले उत्पादित वस्तुको बजारीकरण नगर्ने परिपाटीको अन्त्य गर्न दुग्ध पाउडर कारखाना स्थापना गर्न लागिएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले कारखाना सञ्चालनमा आएपछि सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुने जिकिर गर्नुभयो । यस्तै उहाँले प्रदेश सरकारले किसानका पक्षमा काम गर्दै आएको बताउनुभयो ।
४१ करोड २२ लाख ७१ हजार रुपैयाँको लागतमा स्थापना गर्न लागिएको उद्योगमा प्रदेश नं १, २, लुम्बिनी र गण्डकी प्रदेशबाट पनि दूध संकलन गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्