१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राधिकरण प्रस्टीकरण : झ्याप झ्याप बत्ती जानु लोडसेडिङ होइन, आपूर्तिमा अवरोध हो


0
Shares

काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशभर विद्युत आपूर्तिमा अवरोध भएको सम्बन्धमा नेपाल विद्युत प्राधिकरणले प्रस्ट पारेको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले झ्याप झ्याप बत्ती जानु अघोषित लोडसेडिङ नभइ छोटो समयलाई विद्युत आपूर्तिमा आएको अवरोध भनेको छ ।

काठमाडौं उपत्यका लगायत देशभर विद्युत आपूर्तिमा समस्या आएपछि मिडियाले यसलाई अघोषित लोडसेडिङ सुरु भएको बताएका थिए । मिडियामा आएको समाचारमा प्राधिकरणले ध्याकर्षण भएको जनाउँदै अब लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेकाे स्पस्ट पारेकाे छ ।

प्रवक्ता मदन तिम्सीनाद्वारा जारी विज्ञप्तिमा पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा समस्या आएर प्रसारण अवरोध भएको जनाइएको छ । पढ्नुहोस् प्राधिकरणको विज्ञप्ति–