१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


न्याय माग्दै काठमाडौंमा चित्र प्रदर्शनी, २० घटनाका चित्र देखाइने


0
Shares

काठमाडौं । विभिन्न घटनाहरूमा अन्याय भोगेका पीडितहरूको न्यायको निम्ति भन्दै काठमाडौंमा चित्र प्रदर्शनी गरिएको छ । शान्तिको लागि साझा अभियान(कोक्याप) नामक संस्थाले बिहीबारदेखि अनामनगरमा न्यायको पर्खाइमा रहेका प्रतिनिधिमूलक घटनाहरूको चित्रकला प्रदर्शनी सुरु गरेको हो ।

गत चैत्र ११ गतेदेखि कोभिडका कारण लकडाउन सुरु भएसँगै नेपालमा भएका विभिन्न हिंसात्मक घटना, बलात्कारको घटना लगायतमा न्याय नपाएका २० वटा घटनाको चित्र प्रदर्शनीमा राखिएको छ । न्याय नपाएका पीडितहरूलाई न्याय दिलाउनको निम्ति सम्बन्धित निकायलाई झक्झकाउने उद्देश्य सहित चित्र प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनी अनामनगरस्थित कार्की भवनमा पौष २६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । प्रदर्शनी अवधिभर विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग न्यायको सम्बन्धमा छलफल तथा अन्तर्क्रिया समेत हुने जनाइएको छ ।