
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ मा पनि देखिएको छ । दाहाल–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने गरी अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन । जसमध्ये २० जना आफूहरूको पक्षमा रहको दाहाल–नेपाल पक्षको दाबी छ ।
३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।
आइतबार बस्ने संसदीय दलको बैठकबाट मण्डललाई हटाउने दाहाल–नेपाल समूहको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्