
एजेन्सी । बेलायतका प्रधानमनत्री बोरिस जोनसनका पिताले बेलायत युरोपियन युनियनबाट बाहिरिएसँगै फ्रान्सको नागरिकताको लागि आवेदन दिने बताउनुभएको छ । जोनसनका पिता स्टेनलीले आफ्नो आमाको जन्म फ्रान्समा भएकाले आफूलाई सधैँ फ्रान्सेली नागरिक भन्न रुचाउने समेत बताउनुभयो । एक रेडियो अन्तर्वार्तामा उहाँले यस्तो बताउनुभएकाे हाे ।
८० वर्षीय स्टेनली युरोपियन संसदको सदस्य भइसक्नुभएकाे छ । यस्तै २०१६ मा भएको ब्रेक्जिट जनमत संग्रहमा पनि उहाँले युरोपियन युनियनकाे पक्षमा मतदान गर्नुभएकाे थियाे । यद्यपि उनका छोरा एवं बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने बेलायतलाई युरोपियन युनियनबाट बाहिरिने अभियानको नेतृत्व गर्नुभएकाे थियाे । २०२० काे अन्त्यसँगै बेलायत युराेपियन युनियनबाट बाहिरिएकाे छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिएको केही घण्टा पहिले प्रसारित एक अन्तर्वातामा फ्रान्सेली स्टेनलीले नागरिकताका लागि आवेदन दिन लागेकाे खुलासा गर्नुभएकाे हाे । उहाँले भन्नुभयो, ‘फ्रान्सेली बन्नको लागि नागरिकता लिन लागेकाे होइन, म पहिला जस्तो थिएँ त्यसलाई फेरि त्यस्तै हुन चाहान्छु ।’ आफ्नो आमाको जन्म फ्रान्समा भएको स्मरण गर्दै उहाँले एक फ्रान्सेली आमाको छोरा भएकाले आफू सँधै युरोपियन युनियनमै रहने दाेहाेर्याउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्