२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘संघीयता खारेज गर्दै यी ४ काम गरे केपी ओली जनताको मन मुटुमा बस्छन्’


13
Shares

काठमाडौं । विघटित प्रतिनिधि सभाकी सांसद एवं युवा संघकी पूर्व अध्यक्ष निरुदेवी पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेज गर्न आँट गर्न आग्रह गर्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उहाँले संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनका लागि आँट गर्न आग्रह गर्नुभएको हो ।

ओली समूहको नेकपाकी नेतृ पालले केन्द्रीय संसदको सिट संख्या १ सय ५, बढीमा १५ सदस्यीय मन्त्रीमण्डल र भ्रष्टाचारी लाई जेलको कालकोठरीमा सडाउने आँट गर्नसमेत आग्रह गर्नुभएकाे छ ।

यी पाँच कुरामा आँट गरे प्रधानमन्त्री ओली सधैँ नेपाली जनताको मनमुटुमा बस्ने उहाँको विश्वास छ ।

https://www.facebook.com/niru.pal.58/posts/3639867122756169