
काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई दिएको हो ।
मोटरसाइकल हस्तान्तरण आयोजित कार्यक्रममा चोरीको मोटरसाइकल खोज्न अहोरात्र खटिँदै आएका २ जना ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले सवारी हराए पछि खोज्नु भन्दा धनी आफैँले आफ्नो सवारीको सुरक्षा गर्ने तर्फ सजग हुनु पर्ने बताउनुभयो ।
ट्राफिक महाशाखाले दुई महिना भित्र ४४ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीको जिम्मा लगाएको र २२ जना मोटरसाइकल चोरलाई पक्राउ गरी कारबाही गरेको छ ।
प्रतिक्रिया दिनुहोस्