
काठमाडौं । सन्दुक सहकारी संस्थाका बजार प्रतिनिधिबाट २ लाख रुपैयाँ लुटेर फरार पाँच जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
पुस १५ गते सहकारीका बजार प्रतिनिधि प्रेम गजमेरलाई चक्कु प्रहार गरी साथमा रहेको २ लाख रुपैयाँ लुटी फरार उनीहरूलाई महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं–२६ नरदेवी घर भइ चक्रपथ बस्दै आएका अमीत तुलाधर, अभय तुलाधर, रोहित शाही, काठमाडौं कमलादी घर भइ भुरुङ्गखेल बस्ने रोहन शाही र जुम्लाका हरी शर्मा रहेका छन् ।
सीसीटीभी फुटेजको आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीको साथबाट चोरीका ४ थान स्कुटर, १ थान मोटरसाइकल र केही रकम समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्