१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१ सय २० वर्षदेखि विश्वको ध्यान तानेकाे टाइम्स स्क्यायर सुनसान


13
Shares

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा १२० वर्षदेखि विश्वको ध्यान खिच्दै आएको अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्यायर यसपटक सुनसान बनेको छ ।

हरेक वर्ष नयाँ वर्षको पूर्व सन्ध्यामा दशौं हजार मानिसको जमघट हुने टाइम्स स्क्वायरमा कोरोना महामारीका कारण यस वर्ष सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको थियो ।

नयाँ वर्षको स्वागतमा न्युयोर्कको टाइम्स स्क्यायरमा क्रिस्टल बल खसाल्ने चलन रहेको छ । बल खसालेको हेर्न यो वर्ष सीमित मानिसहरूलाई मात्र निमन्त्रणा गरिएको थियो । क्रिस्टल बलको स्विच न्युयोर्कका मेयरले दबाएर खसालिएको छ ।

कलाकारहरूले खाली मञ्चमा उभिएर प्रस्तुति दिएका थिए ।