
एजेन्सी । नाइजेरियामा सेनाको कारबाहीमा परी बोको हरामका सयौं लडाकु मारिएका छन् । नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सेनाको कारबाहीमा परी बोको हरामका लडाकु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नाइजेरियाको ताम्बुनगिनीमा बोको हरामका लडाकु लुकेर बस्ने गरेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो । उनीहरूले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाइ कारबाही गरेको थियो । नाइजेरियाको सेनाले कारबाहीमा बोको हरामका लडाकु माएिको बताएपनि संख्या खुलाएको छैन ।
बोको हरामले नाइजेरियाको उत्तरी बोर्नो राज्यमा सन २००९ देखि नै हिंसात्मक क्रियाकलाप गर्दै आएको नाइजेरियाली सरकारको आरोप छ । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटलाई स्थापित गर्न खोजेकोे भए पनि सरकारको पटक–पटकको कारबाहीका कारण सम्भव हुन नसकेको नाइजेरियाली सरकारको दावी छ ।
प्रतिक्रिया दिनुहोस्