१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थिरता र स्थायित्व कायम गर्न प्रतिनिधिसभा विघटन : गृहमन्त्री


0
Shares

ram bahadur thapa

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

नेकपाको ओली पक्षका कार्यकर्ताहरूको ललितपुर महानगरीय भेलालाई सम्बोधन गर्दै उहाँले देशमा स्थायित्व ल्याउन सरकारले प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभयो ।

संसद् विघटन संवैधानिक या असंवैधानिक भनेर बहस भए पनि आफूहरूलाई अग्रगामी लागेको गृहमन्त्री थापाको भनाइ छ । देशमा फेरि स्थायित्व ल्याउनका निम्ति र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न अहिलेको कदम अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

देशमा स्थिरता नचाहने पक्षले संसद् पुनःस्थापनाको माग गरिरहेको भन्दै गृहमन्त्री थापाले नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्ने टिप्पणी गर्नुभयो ।