२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


एवोकाडो किसानलाई नर्सरी तालिम


0
Shares

धनकुटा । एवोकाडोको राजधानी भनेर चिनिने धनकुटाका कृषकलाई एवोकाडोको नर्सरी सम्बन्धि तालिम दिइएको छ ।

नर्सरी तयार पार्न अपनाउनु पर्ने तरिका, ग्राफ्टिङ्ग विधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका लगायतको विषयमा तालिम दिन सुरु गरिएको हो ।

धनकुटा नगरपालिकाको सहयोगमा एभोकाडो तथा सुन्तला जात नर्सरी सुधार कार्यक्रम अन्तर्गत नर्सरी कृषकहरुलाई तालिम दिइएको हो । पछिल्लो समय धनकुटामा एवोकाडोको व्यावसायीक खेती भइरहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा धनकुटाका नर्सरीले विभिन्न जातका करिब २४ करोड ६९ लाख ९ हजार रुपैयाँभन्दा बढीको एभोकाडोका विरुवा बिक्री गरेका छन् ।