
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच शुक्रबार एकता घोषणा भएको छ । दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो ।
कार्यक्रममा नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको श्रमजीवि जनता, उत्पीडित राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताए । जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभुति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प दिनको निम्ति विभिन्न संघ संगठन तथा पार्टीलाई एकिकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्