
काठमाडौं । राजश्व छली अभियोगमा विभागद्वारा १ अर्ब ३२ करोड बिगो मागदाबी सहित उच्च अदालतमा मुद्धा दायर ÷ अर्काका नाममा २६ कम्पनी खडा गरेर कारोबार
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा बिल बिजक बनाइ राजस्व छली गरेको अभियोगमा २८ जना विरुद्ध १ अर्ब ३२ करोड विगो मागदाबी र जरिवाना सहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।
विभागले मोहन ट्रेड इन्टरनेशनललगायत विभिन्न २६ फर्म तथा कम्पनी कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा खोलेको तथा उक्त फर्मको सम्पुर्ण बंंैक खाता राम किशोर प्रसादले नै सञ्चालन गरी विभिन्न फर्म तथा कम्पनीको नाममा झुटा तथा नक्कली बिल बिजक बनाइ राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दर्ता गरेको जनाएको छ ।
अभियुक्तले मुल्य अभिवृद्धि कर तर्फ ४३ करोड ३१ लाख, आयकरतर्फ ८६ करोड ५६ लाख तथा लाभाशं तर्फ २ करोड ८ लाख राजस्व चुहावट गरेको विभागको ठहर छ । विभागले उक्त फर्मको कारोबारी तथा सञ्चालक राम किशोर प्रसाद सहित विभिन्न २८ जना विरुद्ध १ अर्ब ३२ करोड रुपैयाँ मागदाबी सहित उच्च अदालत पाटनमा मुद्धा दायर गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्