
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार नेपाल स्काउटले आयोजना गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा राजनीतिबारे बालबालिकाहरुलाई बताउँदै उहाँले राजनीतिलाई फोहोरी खेल बनाइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राजनीति आफैँमा फोहोरी खेल नभइ राजनीति गर्नेहरुले फोहोरी बनाएको तर्क गर्नुभयो । राजनीति त्याग र निष्ठा रहेको बताउँदै उहाँले बालबालिकाहरुलाई समय आएपछि राजनीतिमा लाग्न पनि प्रेरित गर्नुभयो ।
नेपाल स्काउटले हरेक वर्ष जनवरी एकका दिन प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बालबालिकाहरुले प्रधानमन्त्रीसँग समसामयिक राजनीति, समाज, बालबालिकाको अधिकार र बालबालिका सम्बन्धी सरकारका नीतिहरुका बारेमा प्रश्न सोध्ने गर्दछन् । कार्यक्रममा उपत्यका भित्रका दर्जन बढी विद्यालयका सय भन्दा बढी बालबालिकाहरु सहभागि भएका थिए ।
प्रतिक्रिया दिनुहोस्