
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न मन्त्रीहरू किनेको आरोप लगाउनु भएको छ ।
प्रदेश स्तरीय बैठकलाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उहाँले सुदूरपश्चिममा चारवटा मन्त्री दिएँ भनेर प्रचार गरेको भए पनि मन्त्रालय नदिएर किनेको आरोप लगाउनु भयो । यस अघि नेकपा दुईवटा समूह नहुँदा प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमलाई एक मन्त्रालयल दिन पनि मेहनत गर्न परेको अवस्था ताजै रहेको नेता रावलले स्मरण गर्नुभयो ।
सांसद नभएका व्यक्तिहरुलाई मन्त्रिपरिषदमा ल्याएर ओली सरकारले हास्यास्पद काम गरेको उहाँको टिप्पणी छ । प्रधानमन्त्री ओली लगातार राष्ट्रियता विरोधी तथा पार्टीको विधानभन्दा वाहिर रहेर काम गर्दा पार्टी फुटको संघारमा पुगेको नेता रावलले बताउनुभयो ।
प्रधानमन्त्रीलाई घेराबन्दी पारेर काम गर्न नदिएको भनाई झुटो रहेको भन्दै उहाँले राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, कम्युनिष्ट पार्टी विरुद्धको कार्यक्रम रोक्न खोज्दा आफूहरुलाई आरोप लगाइएको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्