१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धि आफैँ नियन्त्रण नगरे कारबाही गर्ने उद्योगमन्त्रीको चेतावनी


0
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री भट्टले विभिन्न बस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुनासो आएकाले व्यवसायीहरु नसच्चिए सरकारले अनुगमन गरी कारबाही गर्ने बताउनुभएको हो ।

अहिले दाल, फलाम, सिमेन्ट लगायतको बस्तुहरुमा अत्याधिक महंगी बढेको गुनासो आएकोले मूल्यवृद्धि आफैँ नियन्त्रण गर्न उद्योग व्यवसायीका संगठनहरुलाई आग्रह गर्नुभयो । निजी क्षेत्रलाई स्वतन्त्र रुपमा छाडिएको अवस्थामा व्यवसायीहरुले मूल्य वृद्धि गरेर बजारलाई महंगो बनाएको पनि मन्त्री भट्टले बताउनुभयो ।

उद्योगी व्यवसायीहरुलाई सरकारले विभिन्न सहुलियत र सुविधा दिएको तर केही उद्योगी व्यवसायीले अस्वभाविक मूल्यवृद्धि गराइ बजारलाई प्रभावित पारेको उहाँको आरोप छ ।