१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रचण्डका पछाडि कुनै कार्यकर्ता लाग्दैनन्– उर्जामन्त्री रायमाझी


0
Shares

kp oli

पोखरा । उर्जामन्त्री टोपबहादुर रायमाझीले ओरोलो लागेका पुष्पकमल दाहाल प्रचण्डका पछाडि कुनै कार्यकर्ता नलाग्ने जिकिर गर्नुभएको छ ।

शुक्रबार नेकपाको ओली समूहको युवा भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले प्रचण्डकै गुरु वैद्यले छोडेपछि लिगेसीसमेत सकिएको बताउनु भयो ।

प्रचण्डकै कारण बाबुराम, बादल, विप्लवले पनि छाडेर गएका कार्यकर्ताहरु प्रचण्डका पछाडी बसिरहनु आवश्यक नरहेको मन्त्री रायमाझीको तर्थ थियो ।उहाँले प्रचण्ड र नेपालले आफैँ टीका लगाएर आफूलाई अध्यक्ष घोषणा गरेको बताउनुभयो ।

रायामाझी पूर्व माओवादी कार्यकर्ता हुन् । नेकपाको कित्ताकाट हुँदा उनी ओली समूहमा गएका हुन् । ओली समूहमा गएको केही दिनमै उनलाई उर्जामन्त्री बनाइएको हो ।