
काठमाडौं । अफ्रिकन मुलुक गणतन्त्र कङ्गोमा भएको एक घटनामा कम्तीमा २५ सर्वसाधारण मारिएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घटनामा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जानकारी दिएका छन् ।
आक्रमणको आरोप एडीएफ नामक लडाकूहरुको समूहलाई लगाइएको छ । तर यसको औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । घटनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा पर्दछ । स्थानीय नागरिक अगुवाहरुले भने घटनामा ३० जनाको मृत्यु भएको दावी गरेका छन् ।
कंगोमा सन् १९९० को दशकदेखि युगाण्डा मुस्लीम विद्रोही समूहको रुपमा क्रियाशिल रहेको छ । यीनीहरुको विद्रोहका कारण सयौँको मृत्यु भएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्