
काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित हासिल गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन ४० औँ मिनेटमा एन्थोनी मार्शल र ६१ औ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरेका हुन् । एस्टन भिल्लाका लागि ५८ औँ मिनेटमा बेट्रान्ड ट्राओरीले एक गोल फर्काएका थिए ।
जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको पनि समान खेलबाट समान १६ अंक नै भएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा वेष्ट ह्याम युनाइेटडले एभर्टनमाथि १–० को जित दर्ता गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्