१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेढ वर्षमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता


0
Shares

काठमाडौं । पछिल्लो डेढ वर्षभित्र यातायात व्यवस्था कार्यालयमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सवारी दर्ता तथ्यांक अनुसार गत वर्ष २०७६/०७७ मा १६ हजार २ सय ९१ सवारीसाधन दर्ता भएका थिए । पछिल्लो ६ महिनामा ८ हजार १ सय १७ वटा सवारीसाधन दर्ता भएका हुन् ।

सबैभन्दा बढी कार, जीप र भ्यान दर्ता भएका छन् । साउन महिनादेखि असार सम्म १० हजार ६ सय ७३ दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिर महिनासम्म ८ हजार १ सय १७ सवारी साधन दर्ता भएका छन् ।

कार, जीप र भ्यान नै सबैभन्दा धेरै अर्थात ५ हजार ४ सय १७ वटा दर्ता गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दैनिक १२ लाख सवारीसाधन चल्ने गरेका छन् ।