
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न दाहाल–नेपाल पक्षलाई चुनौती दिनुभएको छ ।
शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दुई अंकको सिट जितेर देखाउन चुनौती दिनुभएको हो । ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गर्नुभएको छ । उहाँले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने बताउनुभयो । साथै उहाँले फर्किएकाहरूलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताउनुभएको छ । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ ।’
प्रतिक्रिया दिनुहोस्