१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


थप ४ सय १९ जनामा कोरोना, ६ जनाको मृत्यु


0
Shares

काठमाडौ । नेपालमा थप ४ सय १९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

५ हजार जनामा गरिएको पिसिआर परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

कुल संक्रमितमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन् । शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ । हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।