
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्टहरूको गफले जनताले दुःख पाएको बताउनुभएको छ । गफ विकाएर जनतासँग भारी मत ल्याएर पनि प्रतिनिधि सभा विघटन गर्दै जनअपमान गरेको उहाँको भनाइ छ ।
डा. महतले कांग्रेसले काम विकाएर आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । अहिले कांग्रेस नेतृत्वमा आएको व्यवस्था परिवर्तन गर्ने खेल भए पनि यो कुनै पनि हालतमा खेर नजाने र अहिलेको व्यवस्थाको रक्षा कांग्रेसले गर्ने उहाँको भनाइ छ ।
नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुरमा आयोजना गरेको वनभोज तथा अन्तर्क्रिया कार्यक्रममा नेता महतले ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।
मेहनत गरेर ल्याएको उपलब्धि फेरि उल्टोबाटो हिड्ने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ छ । संंसद विघटनबारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्नेमा जोड दिँदै उहाँले सर्वोच्चले गरेको फैसला कांग्रेसलाई मान्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्