१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्काभेटर दुर्घटनामा चालकको मृत्यु


0
Shares

बैतडी । स्काभेटर दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

क्रसर मेसिनमा ढुङ्गा अनलोड गर्ने क्रममा दिउँसो २ बजेतिर एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट करीब ३० मिटर तल खसेको थियो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ ।