
काठमाडौं । औषधी व्यवसायीहरूको व्यावसायिक प्रमाणपत्र (लाइसेन्स) नविकरणमा औषधि व्यवस्था विभाग लचक देखिएको छ ।
औषधि व्यवसायका लागि विभागबाट जारी हुने व्यावसायिक प्रमाणपत्रको नविकरण पाँच वर्षमा गर्ने व्यवस्था गर्न औषधि व्यवसायीहरुले माग गरेपछि विभागले लाइसेन्सको अवधि बढाउने संकेत गरेको हो ।
शनिबार भक्तपुरमा आयोजित नेपाल औषधि व्यवसायी संघ, बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विभागका महानिर्देशक भरत भट्टराईले औषधि व्यवसायीलाई दिइने व्यावसायिक प्रमाणपत्रको अवधि बढाउन सकिने बताउनुभयो ।
कार्यक्रममा महानिर्देशक भट्टराईले गुणस्तरीय सेवा प्रवाहको सन्दर्भमा विक्री वितरण आचारसंहितालाई ध्यान दिएर व्यवसाय गर्न औषधी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्