
चितवन । रत्न नगरपालिका–१२ जिरौनाबाट बुद्धको मुर्तिसहित तीन जना पक्राउ परेका छन् ।
जिरौनास्थित जहारसिंह तामाङले पुरातात्विक महत्वको मुर्ति बिक्री प्रयोजनका लागि घरमा लुकाइछिपाई राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको संयुक्त टोलीले मुर्तिसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्