२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


इस्लामिक लडाकुको आक्रमणमा नाइजरमा ७९ जनाको मृत्यु, १७ बढी घाईते


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक नाइजरको दुई गाउँमा इस्लामिक लडाकु समुहले एकैसाथ गरेको आक्रमणमा करिब ७९ जनाको मृत्यु भएको छ । १७ भन्दा बढी घाईते भएका छन् । नाइजरको दक्षिणी सीमामा रहेको जारोमदारयमा ३० र टेचोम्बाङगुमा ४९ जना मारिएका हुन् ।

नाइजरका आन्तरिक मन्त्री अलकाचे अलहादाले घटनाले देश मर्माहत भएको भन्दै घटनास्थलमा थप सेना परिचालन गरिएको जानकारी दिनुभयो । अफ्रिकाको सहेल क्षेत्रमा हालैका दिनहरुका लडाकु समुहले हिसात्मक गतिविधि बढाउंदै लगेका छन् । गत साता नाइजेरियामा लडाकु समुह बोको हरामको आक्रमणमा २७ जना मारिएका थिए ।

हिजो मात्र मालीमा अलकायदाले गरेको आतंकबादी आक्रमणमा आफ्ना दुई जना फ्रान्सेली सुरक्षाकर्मी मारिएको थिए । फ्रान्सको नेतृत्वमा पश्चिम अफ्रिकी क्षेत्रमा इस्लामिक लडाकुविरुद्ध पश्चिम अफ्रिकी र यूरोपेली गठनबन्धनका सेना सक्रिय छन् । एजेन्सी