
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आज बस्दैछ । प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आजदेखि फेरि निरन्तरता पाउने भए पनि तत्काल कुनै निर्णय आउने संभावना देखिएको छैन ।
प्रतिनिधिसभा विघटन सभापति शेरबहादुर देउवाको मिलोमतोमा भएको आरोप कांग्रेसकै असन्तुष्ट पक्षले लगाउँदै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग राखेपनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय पर्खने रणनीतिमा देखिएको छ ।
पौडेल पक्षधरले संसद विघटन असंवैधानिक भएकाले त्यसबारे कांग्रेसले सडक आन्दोलनको समेत नेतृत्व गर्नुपर्ने बताइ रहेको छ । तर संस्थापन पक्ष भने घोषित मध्यावधि चुनावलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने पक्षमा छ ।
प्रतिक्रिया दिनुहोस्