
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति आफ्नै मैदानमा खेलेको आर्सनलले वेष्ट ब्रोमलाई ४–० ले हरायो । आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट्ले दुई गोल गर्दा किरन टिएर्नी र बकायो साकाले एक एक गोल गरे ।
जितपछि आर्सनल प्रिमियर लिग फुटबलमा १७ खेलबाट २३ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । उता अर्को लण्डन क्लब टोटनह्याम हट्सपरले गएराति लिड्स युनाइटेडलाई ३–० ले पराजित ग¥यो ।
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केन, हिउङ मिन सन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे । जितपछि टोटनह्याम प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । उसले १६ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट ३३ – ३३ अंक जोडेका लिभरपुल र म्यानचेस्टर युनाईट्ेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
प्रिमियर लिग फुटबलमा गएराति क्रिष्टल प्यालेसले शेफिल्ड युनाईटेडलाई २–० ले हराउँदा ब्राइटन र वुल्भरह्याम्पटन वान्डरर्सले ३–३ गोलको बराबरी खेलेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्