
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । स्थानीय प्रशासले हिजोदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाएको हो ।
दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागू गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । शुक्रबार मात्र मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले प्रशासनले यस्तो नियम लागु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्