
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाका दाई निरन्जन कोइरालाको आज निधन भएको छ । कोइरालाको ७५ वर्षको उमेरमा भारतमा उपचारका क्रममा भर्खरै निधन भएको शेखरका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले जानकारी दिनुभयो ।
कोरोना संक्रमण भएपछि लामो समयदेखि दिल्लीको म्याक्स अस्पतालमा उपचार गराइरहनु भएका उहाँको फोक्सो र मृगौलामा समेत समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उहाँको आज ४ बजे भारतको दिल्लाीमा रहेको निगमबोध घाटमा अन्त्येष्टी गरिनेछ । निरञ्जन केशव र नोना कोइरालाका जेठा छोरा हुन् । निरञ्जनका दुई छोरा भाष्कर र हिमांशु छन् ।
निरकुंश पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय निरञ्जन पछिल्लो समय आफ्नै व्यवसाय गर्दै आउनु भएको थियो । उहाँ पर्यटन व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्