१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप महिला क्रिकेट फाइनलः एपिएफलाई १ सय ६ रनको लक्ष्य


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश १ ले एपिफलाई १ सय ६ रनको लक्ष्य दिएको छ । दाङको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।

प्रदेश १ की अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रन बनाइन् । एपीएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो । एपीएफ १ सय ६ रनको विजयी लक्ष्यका साथ अहिले ब्याटिङ गरिरहेको छ ।

यसअघि शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो । त्यस्तै शनिबारै भएको दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालित प्रतियोगितामा ७ प्रदेश सहित १ विभागीय टिम सहभागी छन् ।