१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ ६ रनले पराजित


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफपलाई ५ रनले पराजित गरेको हो । जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् ।

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रन बनाइएको छ । उसका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारी २६ रन जोड्दै अविजित रहिन् । ज्योति पाण्डेले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन बनाइन् । बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँ पाएको छ । प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।