१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दाङमा क्रिकेट क्रेज : खेल हेर्न हजारौं दर्शक मैदानमा, अद्भुत दृश्य देखिएकाे पारसकाे भनाइ


0
Shares

काठमाडौं । दाङको लमही क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आइतबार सम्पन्न भएको छ । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलो पटक उपाधि जितेको छ ।

अन्य दिन प्रतियोगितामा सहभागी खेलाडी र आयोजक बाहेक अन्य मानिसहरू सहभागी नभएको प्रतियोगिताको फाइनलको दिन अर्थात आइतबार भने त्यहाँ हजारौ दर्शक खेल हेर्न आएका थिए । फाइनल खेल हेर्न आएका दर्शकले मैदानको पूर्वी क्षेत्रमा बनाइएको निर्माणधीन प्याराफिट भरिएको थियो ।

बार हाल्न बाँकी निर्माणधीन प्याराफिटमा दर्शकको उपस्थितिलाई नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान एवं खेलाडी पारस खड्काले ‘अद्भुत दृश्य, क्रिकेट अघि बढ्दै छ’ भनेका छन् । उनले नेपाल क्रिकेट संघ क्यानले राखेको फ्यानका तस्बिर सेयर गर्दै यस्तो भनेका हुन् ।

उपस्थित दर्शकले नेपालमा क्रिकेटको क्रेज कस्तो छ भन्ने देखाएको छ । घरेलु प्रतियोगितामा देखिएको दर्शकको उत्साहले देशमा अन्य किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हुन दबाव दिइरहेको छ । कोरोना भाइरस र लकडाउनका कारण लामो समयदेखि घरमै बसेका दर्शकहरूले विभिन्न खेलहरू हेर्न चाहेका छन् । नेपाल क्रिकेट संघलगायत अन्य संस्थाले पनि खेलकुदका गतिविधिलाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ ।

सबै तस्वीर– नेपाल क्रिकेट संघ

यो पनि पढ्नुहोस्– प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ ६ रनले पराजित