२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता सुरु


0
Shares

डडेल्धुरा । जिल्लाका दुईवटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका र परशुराम नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको हो । जसका लागि नागरिकको विवरण दर्ता कार्य सुरु गरिएको छ ।

विभागले कार्यक्रमको पहिलो चरण सम्पन्न गरी दोश्रो चरणमा अमरगढी नगरपालिकाको वडा नंं ६ देखि ११ र परशुराम नगरपालिकाको वडा नं. ६ र ८ देखि १२ सम्म विवरण संकलन तथा दर्ता कार्य सुरु गरेको हो ।

नागरिकता ऐन जारी भएदेखि जिल्लामा २०७७ मंसिर मसान्तसम्म १ लाख ३३ हजार चार सय ६७ जनाले नागरिकता प्राप्त गरेका छन् । राष्ट्रिय परिचयपत्रको विवरण भर्न नागरिकताको सक्कल प्रति अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।