१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्टिजेनमा पोजेटिभ आएकालाई संक्रमित सरह उपचार गर्न मन्त्रालयको निर्देशन


0
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा गर्दा पोजिटिभ नतिजा आएका व्यक्तिलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिको खोज अनुसन्धान गरी उपचार गराउन आग्रह गर्नुभयो ।

कोभिड १९ सम्बन्धी एन्टिजेन परीक्षणको निर्देशिकाले एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आउनेलाई कोरोना संक्रमित मानिने जनाइएको छ । सो अनुसार उपचार गर्न मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुलाई निर्देशन दिएको हो ।