
सांकेतिक तस्वीर
पाल्पा । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुनवलबाट सिद्देश्वरमा रहेको सिमेन्ट कारखानातर्फ जाँदै गरेको टिपर रिब्दीकोट गाउँपालिकामा दुर्घटना हुँदा चालक रामु कार्कीको मृत्यु भएको छ । टिपर अनियन्त्रित भइ लप्सीको रुखमा ठोक्किएको थियो ।
त्यसैगरी माथागढी गाउँपालिका–१ चिदीपानीमा लडेर एक पुरुषको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय गंगा बहादुर सार्कीको हिड्दा हिड्दै बाटो छेउमा लडेर मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्