१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शंख बजाएर आन्दोलन गर्दै त्रिविका आंशिक प्राध्यापक


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आज कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा आइतबार शङ्खनाद गरेको छ ।

सङ्घको जारी आन्दोलनका क्रममा बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म त्यहाँ सहभागी करिब १०० आंशिक प्राध्यापकले शङ्ख बजाएर आवाज उठाएका थिए ।

सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईले आफूहरुले समान कामका लागि समान दामका लागि आन्दोलन गरेको बताउनुभयो । सो विश्वविद्यालयमा हाल करिब दुई हजार आंशिक कार्यरत छन् ।