
काठमाडौं, साउन ५ । संघीय समाजवादी फोरम नेपालले सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सगरमाथा आरोहण गरेका तथा एक दशक पत्रकारिता गरिसकेका महिला पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सगरमाथा आरोही रोजिता बुद्धचार्य, कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ तथा वरिष्ठ महिला पत्रकार रोष बस्नेत, प्रियालक्ष्मी कार्की, देउराली चामलिङ र पहिलो शेर्पा महिला पत्रकार डोमा शेर्पा रहेका छन् ।
त्यसैगरी, वाद्यसम्राट न्हुच्छेबहादुर डंगोललाई पनि सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्