१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा ११ मजदुरको अपहरणपछि हत्या


0
Shares

काठमाडौं । पाकिस्तानमा इस्लामिक अतिबादी संगठनले ११ जना कोइलाखानी मजदुरहरुको हत्या गरेको छ । पाकिस्तानको बलचुस्तान प्रान्तमा कार्यरत उनीहरु गत शनिबार अपरहरणमा परेका थिए ।

अपहरणमा परेका उनीहरुलाई हात बाँधिएको अवस्थामा हत्या गरी अफगानिस्तानको सीमा नजिक रहेको कोइला खानी अगाडी फालिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । घटनामा ५ जना घाइते अवस्थामा फालिएको र उपचारका लागि अस्पताल लग्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

गत शनिबार आफ्नै घरका रहेकाबेला उनीहरुलाई अपहरण गरिएको हो । यसैबीच पाकिस्ताननका प्रधानमन्त्री इमरान खानले घटनालाई आतंकबादीको संज्ञा दिँदै अमानविय यस घटनाको भत्र्सना गर्नुभएको छ ।

मारिनेमा सबै मजदुर सिया समुदायका हुन् । पछिल्लो समय इस्लामिक अतिबादी संगठनले पाकिस्तामा सिया समुदायका व्यक्तिहरुलाई निशाना पार्ने गरेका छन् । एजेन्सी