१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पको फोन रेकर्ड सार्वजनिक, जर्जियामा आफूलाई जिताउन दबाब दिएको खुलासा


0
Shares

Trump us president

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जीया राज्यको चुनावी परिणाम आफु अनुकुल आउनेगरि व्यवस्था मिलाईदिन निर्वाचन अधिकारीलाई दबाब दिएको खुलाशा भएको छ ।

ट्रम्पले जर्जीयाका निर्वाचन अधिकारी ब्राड राफेन्सपर्गरलाई टेलिफोन गरेर आफुलाई जित्न आवश्यक ११ हजार ७ सय ८० भोटको बन्दोबस्त गरिदिन आग्रह गरेको अडियो रेकर्ड सार्वजनिक भएको हो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डमा ट्रम्पले जर्जिया प्रान्तका शीर्ष चुनाव अधिकारीलाई चुनावमा आफुलाई जिताउन आवश्यक भोटको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको सुनिएको छ ।

अडियोमा राफेन्सपर्गरले ट्रम्पलाई जर्जियाको नतिजा सही भएको र आफुहरुले धाँधलीरहित ढंगले नियमपूर्वक मतगणना गरेको दावी गरेका छन् ।

जर्जीया राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाईडेनले ट्रम्पलाई ११ हजार ७ सय ७९ मतले हराएका थिए ।

अमेरिकी राष्ट्रपति चुनावमा जो बाईडेन विजयी भएपनि ट्रम्पले हार स्विकार्न अस्विकार गर्दै आएका छन् । निर्वाचनमा बाइडेनले ३ सय ६ तथा ट्रम्पले २ सय ३२ इलेक्टोरल मत पाएका छन् ।

यो परिणामलाई जनवरी ६ तारिखमा अमेरिकी संसदले प्रमाणिकरण गर्दैछ । एजेन्सी